काठमाडौँ – नेपाली बजारमा (आज) सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । यस्तै चाँदी पनि आइतबारकै मूल्य रु ८५५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
