कृषि यान्त्रीकरण प्रदर्शनीमा कृषककै उपस्थिति न्यून

एटुजेड समाचार

सूर्यप्रसाद अधिकारी, मंसिर ९, चितवन । कृषकलाई लक्षित गरी सञ्चालित चितवन अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र, भरतपुरमा जारी कृषि यान्त्रकीरण प्रर्दशनीमा कृषककै उपस्थिति कम भएको पाईएको छ । प्रदर्शनीमा कृषकको तुलनामा बढी डिलर, विद्यार्थी , प्राविधिक, सहकारी लगायतको उपस्थिति बाक्लो रहेको छ । जुन अपेक्षा र उद्धेश्य लिएर प्रदर्शनी संचालनमा आएपनि उनीहरुको आकर्षण कम भएको प्रदर्शक बताउंँछन ।
आधुनिक कृषि संसार,चितवनका सञ्चालक राजाराम तिवारी प्रदर्शनमा अवलोकनकर्ताको भीड देखिएपनि बास्तविक कृषकहरुको भने सहभागिता कम भएको बताउंँछन । ‘कृषकहरुले यतिबेला खेतमै व्यस्त हुने बेला भएर पनि होला, उनले भने , यसको आवश्यक प्रचारप्रसार पनि कृषक सामु पुगेन ।’ उनका अनुसार अधिकांश अवलोकन कर्ता कृषि यन्त्रको बारेमा सोध्ने गरेपनि अर्डर गर्ने र किन्न आउने संख्या भने कम छ ।

नेपाल सरकार समेत आयोजक संस्था रहेको यस प्रदर्शनीमा कृषी यन्त्र खरीदमा अनुदान तथा छुटको व्यवस्था गर्न सके प्रदर्शनी प्रभावकारी रहने उनको भनाई छ । विश्वका २० वटा राष्ट्रका प्रदर्शक आउने भनेपनि अधिकांश भारतका प्रदर्शक र ती देशका भारतीय प्रतिनिधिको मात्र सहभागिता छ । दिल्लीको भिएसएम इन्टरनेशनलका प्रदर्शक आजाद कुमार यान्त्रिकरण मेलामा कृषकको उपस्थिति निकै कम भएको बताउंँछन । अन्य क्षेत्रका अवलोकनकर्ता ले सोधपुछ गरेपनि कृषकहरु कमले नै सोध्ने गरेको बताए । कम्पनीले यहांँ सिधै मेशीनरी सामान बिक्री नभएपनि कम्पनीको बजारीकरण र बा्रण्डिङको सहयोग पुरयाएको उनको भनाई छ । कम्पनीको नीति अन्र्तगत बजारीकरणको लागि नेपाल आएको उनले बताए । नेपालमा हाम्रो टीकापुर र काठमाडौंमा डिलर छ कम्पनीले खरीदकर्तासँग डिल गर्छन । यान्त्रिकरण मेलामा ट्रयाक्टर, मिनी टिलर, ग्रास कटिङ मेशीन , सिचाई थोपा प्रविधि, ग्रिनहाउस , पानी शुद्धीकरण प्रणाली लगायतका प्रविधिहरु राखिएका छन ।

अधिकांश प्रविधि भारतबाट ल्याएर नेपालमा बेच्ने गरेको भएपनि नेपाली उत्पादनहरु खासै देखिदैन ।
दाउन्ने फिड इण्डष्ट्रिजका बजार अधिकृत हरिकृष्ण लोहनी प्रर्दशनी हलमा एकमात्र दानाको स्टल भएपनि यसबारेमा चासो लिने कम भएको बताउंँछन । ‘कृषकहरु आएको भए चासो लिन्थे होला, उनले भने अधिकांश अवलोकनकर्ता घुम्न मात्र आएको देख्छु ।’ कम्पनीको उत्पादनमा चौपाया र कुखुरालाई चाहिने दाना सर्वसुलभ मुल्यमा दिएपनि यसबारेमा चासो नभएको उनको भनाई छ । प्रर्दशनमा अन्य

स्टलहरुमा अवलोकनकर्ताको उपस्थिति कम भएपनि थोपा सिंचाई , स्प्रींकल सिचाई, पोली हाउस , टनेल प्रविधिमा अवलोकनकर्ताको उपस्थिति उल्लेखनीय रहेको व्यवसायी बताउंँछन । यो प्रविधि कृषकमात्र नभई करेसाबारी, कौशी एवं गमलामा समेत प्रयोग गर्न सकिने भएकोले यसतर्फ आकर्षण बढेको हो । आयोजक संस्था नेपाल कृषि मेशीनरी संघका अध्यक्ष स्वयम्भुकृष्ण श्रेष्ठ प्रदर्शनीमा सबै प्रकारका अवलोकनकर्ता आएको दाबी गर्छन । मुगु, कालिकोटबाट पनि अवलोकनकर्ता आएका छन , उनले भने प्रदर्शनीमा कृषकनै नआएपनि सहकारीका प्रतिनिधि, डिलर , प्राविधिक आएका छन । ४ दिनसम्म चल्ने प्रदर्शनीमा आइतबार सम्म २५ हजार अवलोकनकर्ता आएको अनुमान आयोजकको छ । तर आयोजकको अपेक्षा पचास हजार अवलोकनकर्ता आउने रहेको थियो । मेला मंसीर ९ गते सम्म चल्ने छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू