सीएमसीले भन्यो : पेस्तोल प्रकरणमा कलेज प्रशासन र विद्यार्थीको संलग्नता छैन

एटुजेड समाचार

चितवन – भरतपुर ५ कैलाशनगरमा रहेको चितवन मेडिकल कलेजको होस्टलमा भेटिएको पेस्तोल प्रकरणमा विद्यार्थी लगाएत कुनै पनि सदस्यको संलग्नता कलेज प्रशासनले बताएको छ । आज (आइतबार ) एक विज्ञप्ती जारी गर्दै कलेज प्रशासनले घटनामा कलेजका कसैको पनि संलग्नता नरहेको स्पष्ट पारेको हो ।

कलेज प्रशासनले होस्टल भित्र नै हतियार भेटिनु जस्तो गैरकानुनी कार्यको घोर भत्सना समेत गरेको छ । उसले घटनामा संलग्न जो कोहीलाई पनि कडा भन्दा कडा कारबाहीको माग गरेको छ । ‘सार्वजनिक स्थलमा भएको यस प्रकारको गैह्रकानुनी कार्यको चितवन मेडिकल कलेज घोर भत्सना गर्छ । उक्त कार्यमा संलग्न जो कोही भए पनि आवश्यक अनुसन्धान गरी कारबाहीको लागी अनुरोध गरिन्छ – विज्ञप्तीमा भनिएको छ ।’

यस्तै विद्यार्थीको शान्ती सुरक्षाको बिषयमा चितवन मेडिकल कलेज व्यवस्थापन सधैं तत्पर रहने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ – ‘यस्तो बिषम परिस्थितीमा विद्यार्थीहरुको शान्ती सुरक्षाको लागि चितवन मेडिकल कलेज व्यवस्थापन सधैंव तत्पर रहने कुरा सबैमा जानकारी गराईन्छ ।

अबैध शुल्क फिर्ताको माग गर्दै विद्यार्थी र अभिभावक आन्दोलित भए पछि पठनपाठन ठप्प भएको चितवन मेडीकल कलेज परिसरमा हिजो (शनिबार) पेस्तोल र गोली फेला परेको थियो ।

होस्टेलको सुरक्षा गार्डले होस्टेल परिसरमा शंकास्पद गतिविधि देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भए पछी होस्टल पुगेर छापा मार्ने क्रममा अमेरीकामा निर्मित नाईन एमएम को अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको थियो । त्यस संगै थ्रि नट थ्रिको सात राउण्ड खालि खोका, थ्रि नट थ्रिको एक राउण्ड गोली र दुई राउण्ड नाईन एमएमको गोली वरामत गरिएको थियो ।

विज्ञप्ती :

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु