सीएमसी काण्ड: ‘प्रहरीसँगको मिलेमतोमा आँफैले पेस्तोल राखेर विद्यार्थी फसाउने कलेजको षड्यन्त्र’

एटुजेड समाचार

चितवन – भरतपुर ५ कैलाशनगरमा रहेको चितवन मिडिकल कलेजमा भेटिएको पेस्तोल कलेज प्रशासन आँफैले राखेको नेत्र बिक्रम चन्द (बिप्लव) का छोरा प्रकाश चन्दले दाबी गरेका छन् । आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

चिकित्सा संघर्ष समितीका संयोजक समेत रहेका प्रकाशले विद्यार्थीलाई फसाउन कलेज प्रशासनले प्रहरीसँग मिलेर षड्यन्त्र बनाएको जारी विज्ञप्तीमा उल्लेख गरेका छन् । कलेज प्रशासनले मेडिकल माफिया विद्यार्थीले गरिरहेको संघर्षको कार्यक्रम समाप्त पार्न यस्तो षड्यन्त्र रचिएको उनको भनाई छ ।

उनले माफियाहरुलाई सरकारले कारबाही गर्नुको साटो उल्टै संरक्षण दिने गरेको समेत आरोप लगाए । कलेजकी प्राचार्य ममता तिवारी र कर्माचारी अरुण कोइरालाले प्रहरीसँगको मिलेमतोमा होस्टल भित्र पेस्तोल राखेको र पछी विद्यार्थीले राखेको भन्ने भ्रमपूर्ण समाचार बाहिर सार्वजनिक गरिएको उनले बताए । ‘यस्तो घिनलाग्दो षड्यन्त्रको भन्डाफोर गर्दै प्रतिकार गर्न र मेडिकल माफियालाई जरैबाट उखेलेर फाल्दै सर्वसुलभ मूल्यमा चिकित्सा शिक्षा हासिल गर्ने र सबै जनताका छोराछोरी डाक्टर बन्ने सपना साकार पार्न सबै विद्यार्थी, युवा, बुद्धिजीवी, पत्रकार, स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीहरूमा अपिल गर्छु’, उनले भनेका छन्।

विद्यार्थीहरुको आवाज दबाउन मेडिकल कलेज प्रशासन र सरकारनै लागि परेको र हिजो पेस्तोल भेटिएको घटना त्यसैको उदाहरण भएको उनले वताए । मेडिकल माफिया बिरुद्द आवाज उठाईरहेका विद्यार्थीहरुको आवाज दबाउन प्रशासनले अनेक षड्यन्त्र गरेको उनको आरोप छ । यस्तै मेडिकल माफियाहरुको अगाडि सरकार पनि लम्पसार परेको उनले आरोप लगाए । यस्तै पुलिस प्रशासनको पनि मेडिकल माफियासँग मिलेमतो रहेको उनले बताए । उनले यस्ता षड्यन्त्रहरुलाई चिर्दै मेडिकल माफियालाई जरै देखी उखेलेर फालेरै छोड्ने चेतावनी दिए ।

‘राज्य विद्यार्थीलाई न्याय दिनुको साटो आज डरलाग्दो षड्यन्त्रसहित विद्यार्थी, अभिभावक र जनताविरुद्ध मेडिकल माफियाको संरक्षणका खातिर आफ्नो घिनलाग्दो नाङ्गो हस्तक्षेपमा उत्रेको छ’, उनले भनेका छन्,’यस्तो घिनलाग्दो षड्यन्त्रको भन्डाफोर गर्दै प्रतिकार गर्न र मेडिकल माफियालाई जरैबाट उखेलेर फाल्दै सर्वसुलभ मूल्यमा चिकित्सा शिक्षाबाट सबै जनताका छोराछोरी डाक्टर बन्‍ने सपना साकार पार्न अपिल गर्न चाहन्छु जारी विज्ञप्तीमा भनिएको छ ।

अबैध शुल्क फिर्ताको माग गर्दै ३ महिना देखी विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चलिरहेको उक्त आन्दोलनको नेतृत्व प्रकाशले गरिरहेका छन् । मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले १५ दिनभित्र बढी उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो । त्यो समय भोलि (सोमबार) सकिँदैछ।

 

विज्ञप्ती : 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु