मेडिकल कलेजले उठाएको अबैध शुल्क फिर्ताको माग गर्दै चितवनमा प्रदर्शन (फोटोफिचर)

एटुजेड समाचार

चितवन – चितवन मेडिकल कलेजले उठाएको अबैध शुल्क फिर्ताको माग गर्दै आज चितवनमा बिशाल र्‍याली तथा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइ तथा चितवन मेडिकल कलेजका विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा चितवनका बिभिन्न कलेज, बिद्यालय र अभिभावकहरु गरी हजारौको संख्यामा उपस्थिती रहेको थियो ।

बिरेन्द्र बहुमुखी क्याम्पसबाट निस्किएको बिरोध र्‍याली लायन्सचोक, सहिदचोकबाट क्याम्पसगेट हुँदै चौबिसकोठीमा गएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनको क्रममा उनिहरुले मेडिकल माफियालाई कुनै पनि हालतमा उन्मुक्ती नदिने बताएका थिए । यस्तै उनिहरुले चितवन मेडिकल कलेजलाई अबैध शुल्क फिर्ता नगरे आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् ।

(तस्बिर :प्रेम प्रसाद सापकोटा ‘किरण’)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु