चितवन, मंसिर ८ – करेन्ट लागेर भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २१ का ४५ वर्षीय प्रेम थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
थापालाइ ना ६ त २०५५ नम्बरको ट्याक्टरमा पराल लोड गरी त्यसमाथी बसेर जाने क्रममा शंकर चोकमा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

