काठमाडौं,
निरन्तर खबरदारी र दबाब दिँदा पनि मेडिकल कलेजले सहमति कार्यान्वयन नगरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रिने विज्ञप्तिमा उल्लेख छ । युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि गरिएको दमनको भत्र्सना गर्दै शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीलाई होस्टलमा बस्ने र जीवनको सुरक्षाको प्रबन्ध मिलाउन कलेज प्रशासनलाई अनेरास्ववियुले आग्रह गरेको छ ।
मेडिकल शिक्षाको क्षेत्रमा देखिएका विसङ्गति, शुल्क, छात्रवृत्तिलगायतका समस्यामा विषयमा अनेरास्ववियुको पटकपटकको ध्यानाकर्षणपछि मेडिकल सञ्चालन, विश्वविद्यालय र सरकारसँग विभिन्न सहमति र समझौत भएको थियो । तर मेडिकल कलेजले उक्त सम्झौताको प्रभावकारी कार्यान्वयन गरेका छैनन् ।रासस