जुम्ला,मंसिर ८ – जुम्लाको कालेखोलीमा रहेकाे एउटा घरमा आगलागी भएको छ ।
जुम्लाकाे चन्दननाथ नगरपालिका-२ का गोविन्द भण्डारीको घर आज (आइतबार) १२ बजे आगलागी भएकाे हो । दमकल जाने बाटो नभएकाले पुरै घर जलेर नष्ट भएको उनले बताए । मानवीय क्षति नभए पनि घरमा भएका सामानहरु सम्पूर्णरुपमा जलेर नष्ट भएका छन् ।


