कालेखोलीमा रहेकाे एउटा घरमा आगलागी

एटुजेड समाचार

जुम्ला,मंसिर ८ – जुम्लाको कालेखोलीमा रहेकाे एउटा घरमा आगलागी भएको छ ।

जुम्लाकाे चन्दननाथ नगरपालिका-२ का गोविन्द भण्डारीको घर आज (आइतबार) १२ बजे आगलागी भएकाे हो । दमकल जाने बाटो नभएकाले पुरै घर जलेर नष्ट भएको उनले बताए । मानवीय क्षति नभए  पनि घरमा भएका सामानहरु सम्पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू