ट्राफिक कार्यालय चितवनबाट ८८ लाख राजश्व संकलन :सबैभन्दा बढी राजश्व मोटरसाइकलबाट
सूर्यप्रसाद अधिकारी, मंसिर ३, चितवन । चालु आर्थिक बर्ष ०७६, ०७७ को चार महिनामा जिल्ला ट्राफिक कार्यालय चितवनबाट ८७ लाख ९८ हजार ६८ रुपैयांँ राजश्व संकलन भएको छ । यसमध्ये सबै भन्दा बढी मोटरसाइकल कारवाहीबाट कार्यालयले बढी राजश्व संकलन गरेको छ ।
कार्यालय दिएको तथ्यांक अनुसार सो अवधिमा ३ हजार २ सय २९ वटा मोटसाइकलबाट २७ लाख ३६ हजार ५सय रुपैयांँ राजश्व संकलन भएको छ । यसैगरी दोस्रो सबैभन्दा बढी नीजि तथा भाडाका कार,जीप भ्यान कारवाहीमा परेका छन । ती सवारी साधनबाट कार्यालयले १८ लाख ८५ हजार ५सय रुपैयाँ राजश्व संकलन भएको छ । कार्यालयका प्रमुख चन्द्रकुमार गिरी कारवाहीको सवारी संख्या बढेसंँगै राजश्व संकलनमा समेत बृद्धि गरेको बताउंँछन । ‘सवारीचालकको कसुर र ट्राफिक नियम उल्लंघनको प्रकृति अनुसार पनि राजश्व संकलनको अनुपात बढ्छ उनले भने , यी मध्ये मोटरसाइकलको संख्यापनि बढी छ लापरवाही पनि मोटरसाइकलकै बढी छ ।’ ट्राफिक नियममा कडाई गरिएसंँगै जरीवानामा पनि बृद्धि हुदै गएको उनको भनाई छ । सवारी चापको तुलनामा सडकको अवस्था सुधार हुन नसकेकोले पनि ट्राफिक नियमको उल्लंघन र लापरवाहीका घटना बढ्दै गएको उनले जानकारी दिए ।
यस्तै कार्यालयले सार्वजनिक तथा संस्थाका २ हजार १सय ६ वटा बसलाई कारवाही गरेको छ । उक्त कारवाहीबाट १५ लाख ८१ हजार ५सय रुपैयांँ राजश्व संकलन गरेको छ । २ हजार ३७ ट्रक कारवाहीबाट १४ लाख ९० हजार ५सय रुपैयांँ राजश्व संकलन गरेको छ । यस्तै सो अवधिमा ९सय ८ वटा टेम्पो र ५सय २१ ट्रयाक्टर कारवाहीमा परेका थिए । कार्यालयले टेम्पोबाट ६ लाख ८२ हजार ५सय र ट्रेक्टरबाट ३ लाख ९८ हजार ५सय रुपैयांँ राजश्व संकलन गरेको छ ।
कार्यालयले असोज महिनामा ट्रक ४५० वटा , बस ४सय ७९ ,कार जीप भ्यान गरी ६ सय १७ वटा कारवाही गरेको थियो । यसैगरी सो अवधिमा ट्रयाक्टर ७५ वटा, १ हजार १८ वटा मोटरसाइकल , २सय ११ वटा टेम्पो कारवाहीमा परेका थिए । जल्ला ट्राफिक कार्यालय, चितवनद्धारा चालु आर्थिक बर्ष तीन महिनाको अवधिमा ६४ लाख १० हजार ५सय रुपैयांँ राजश्व संकलन भएको छ ।
चालु आर्थिक बर्ष तीन महिनाको अवधिमा ६४ लाख १० हजार ५सय रुपैयांँ राजश्व संकलन भएको थियो । सो अवधिमा ८ हजार ४ सय ५० सवारी कारवाहीबाट कार्यालय उक्त राजश्व संकलन भएको हो । कार्यालयका अनुसार श्रावण महिनामा २ हजार ९ सय २० सवारी कारवाहीबाट २२ लाख २९ हजार ५ सय रुपैयांँ संकलन भएको थियो । यस्तै भदौ महिनामा २ हजार ६ सय ८० सवारी कारवाहीबाट २० लाख १८ हजार संकलन भएको थियो भने असोज महिनामा २ हजार ८ सय ५० सवारी कारवाहीबाट २१ लाख ६३ हजार संकलन भएको कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया