आजको सम्पादकीय : कालापानीमा चाहिएको कूटनीतिक अग्रसरता, राष्ट्रवादको परीक्षा

एटुजेड समाचार

काठमाडौं, कार्तिक २७ – आज प्रकाशित दैनिक पत्रिकाले भारतले आफ्नो नक्सामा नेपाली भूभाग समेटेर आम नेपालीको भावनामा चोट पु¥याएको उल्लेख गर्दै त्यस्तो भारतीय कार्यलाई सच्चाउन आग्रह गर्दै सम्पादकीय लेखेका छन्।

भारतले नेपालको कालापानी क्षेत्रलाई आफ्नो मिसानाभित्र पर्ने गरी नयाँ राजनीतिक नक्सा जारी गरेपछि लामो समयदेखि नेपालीहरुको भावनामा ठूलो ठेस पु¥याएको उल्लेख गर्दै आजको कान्तिपुरको सम्पादकीयमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारतीय समकक्षी नरेन्द्र मोदीसित प्रत्यक्ष संवाद थालेर समस्याको समाधानको प्रक्रिया थाल्न आरम्भ गर्नुपर्छ’ भनिएको छ । नेपाल–भारतबीच सीमा समस्या समाधान गर्ने यो उचित अवसरको सदुपयोग गर्नबाट प्रधानमन्त्री चुक्नु नहुने उल्लेख गरिएको छ ।

भारतले नेपाली भूमिसहित राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाललाई अखण्डता र राष्ट्रिय सुरक्षामा आफ्नो पहिचान स्थापित गर्ने अवसर जुरेको उल्लेख गर्दै आजको अन्नपूर्ण पोस्ट्ले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –राष्ट्रवादको छवि बनाउन सफल भएका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि अग्नीपरीक्षा हुनेछ ।

सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं फैसला लामो समयदेखि कार्यान्वयनमा नआएको भन्दै राजधानी दैनिकले कानुनी शासनको प्रत्याभूति गराउन आग्रह गरेको छ । सरकारी कार्यालयले फैसाला कार्यान्वयन गर्न तत्परता नदेखाएको उल्लेख गर्दै यस दैनिकले ‘अदालतको फैसाला कार्यान्वयनमा ल्याउ’ शीर्षकमा आजको सम्पादकीयमा लेखेको छ । सरकाले वर्षौदेखि कार्यान्वयन गर्न नसकेका फैसला कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउने सुझाव समेत दिइएको छ ।

आजको गोरखापत्र दैनिकले ‘बढी शुल्कको समाधान’ शीर्षकमा कानुन र निर्देशनको अधीनमा रही मेडिकल कलेजका सञ्चालकको आफ्ना क्रियाकलपा गर्नुपर्नेमा जोड दिइएको छ । पटकपटक सरकारले आग्रह गर्दा पनि सरकारले दिएको निर्देशन पालना नगरेको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ –कलेज वा कुनै पनि व्यावसायिक प्रतिष्ठान सञ्चालनार्थ सम्बन्धित निकायमा दर्ता गर्दा हाल प्रचलनमा रहेका र भविष्यमा बन्ने कानुनको अधिनमा काग गर्नु नै हितकर हुनेछ ।

त्यसैगरी नेपाल समाचारपत्र दैनिकले पनि ‘सरकारको जनपक्षीय निर्देशन’ शीर्षकमा मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएको भन्दै एमबिबीएसमा अध्ययनरत विद्यार्थीसँग लिइएको बढी शुल्क फिर्ता गर्न आग्रह गर्दै सम्पादकीय खेखिएको छ । सम्पादकीयमा सरकारले आफ्नो जनपक्षीय निर्णयलाई पनि कार्यान्वयनमा लगेर जनताको घाउनमा मलम लगाउन प्रयास गर्नुपर्नेमा जोड दिइएको छ ।

यता नागरिक दैनिकले सल्लाहकार नियुक्त गर्दा आफन्त वा कुनै चाकडी पु¥याएकालाई भन्दा पनि योग्य व्यक्तिलाई राख्ने परिपाटी थालना गर्न सुझाव दिँदै सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –सल्लाहकार समूह सही भएन भने त्यसले चाकडी, चुक्ली र चाप्लुसीमै आफूलाई लगाउनुपर्ने हुन्छ । यस्तो स्थितीले गर्दा नियुक्तिकर्ता सँधैं अँध्यारोमा रहनुपर्ने अवस्था आउँछ ।

त्यस्तै आज प्रकाशित आर्थिक दैनिकले ‘गेम चेन्जर’ आयोजनाको छनोट गरेर आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाव दिएको छ । आज प्रकाशित कारोबार दैनिकले आउँदो बजेटबाट कार्यान्वयन हुने गरी देशको आर्थिक अवस्थालाई नै परिवर्तन गराउन सक्ने आयोजना ल्याउनुपर्नेमा जोड दिइएको छ । अर्को दैनिक पत्रिका आर्थिक अभियानले ‘पयर्टन आगमनमा झिनो वृद्धि’ शीर्षकमा सम्पादकीय लेख्दै गुणस्तरीय पर्यटक भित्राउन सल्लाह दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु