अघोरी बाबा’की श्रीमतीविरुद्ध ठगी मुद्दामा ५ दिन म्याद थप
काठमाडौँ, कात्तिक २६ – ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने भएकी छिन् । ठगी आरोपमा सोमबार पक्राउ परेकी उनलाई प्रहरीले मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकोमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी नाएको छ । पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् ।
तपाइँको प्रतिक्रिया