भरतपुरको गोरखकाली एगमा आगलागी

एटुजेड समाचार

चितवन, कार्तिक २६ – भरतपुरको गोरखकाली एग ट्रेड प्रा.ली. मा आगलागी भएको छ । भरतपुर ४ लंकुमा रहेको गोरखकाली एगमा आज (मंगलबार) बिहान ४ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

खुल्ला चौरमा राखिएको अण्डाको क्यारेट बनाउने कच्चा पदार्थमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी, भरतपुर महानगरपालिकाको दमकल र स्थानियको प्रयासमा करिब २ घण्टापछी बिहान ६ बजे आगो नियन्त्रणमा आएको जनाईएको छ । आगलगीबाट कुनै मानविय क्षेती भएको छैन । थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु