नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने
काठमाडौं, कार्तिक २५ – विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एसियन फुटबल महासंघले एन्फाको प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको छ ।
मंसिर ३ गते दशरथ रंगशालामा हुने भनिएको खेल पूर्ण रुपमा रंगशाला निर्माण भइनसकेको कारण एएफसीले नेपाल र कुबेतबीचको खेल नगराउन आदेश दिएको थियो ।योसँगै एन्फाले आफ्नो होम खेल (घरेलु मैदानमा) खेल्न पाउने खेल न्युट्रल भेन्यु (तेस्रो रंगशाला) मा खेल्नु पर्ने भएको थियो । एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउनका लागि प्रस्ताव गरेको थियो ।
तपाइँको प्रतिक्रिया