एसियन सेन्ट्रल जोन भलिबलमा किर्गिस्तानबिरुद्द नेपालको सहज जित
काठमाडौं, कार्तिक २५ – नेपाले प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा किर्गिस्तानलाई पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
बंगलादेशको ढाकामा भएको खेलमा नेपालले कीर्गिस्तानलाई २५-१५, २५-१९ र २५-२० को सोझो सेटमा पराजित गरेको हो । यो सँगै प्रतियोगितामा नेपालले लगातर दोस्रो जित दर्ता गरेको छ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई २५-४, २५-९ र २५-६ को सोझो सेटमा हराएको थियो ।
तपाइँको प्रतिक्रिया