बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम
काठमाडौं, कार्तिक २५ -तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई शुल्क फिर्ता वा समायोजन गर्न शिक्षा मन्त्रालयले १५ दिनको अन्तिम अल्टिमेटम दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मेडिकल कलेजलाई १५ दिनभित्र शुल्क फिर्ता वा समायोजन गर्न अल्टिमेटम दिएका हुन् ।
मन्त्री पोखरेलले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अबको १५ दिनभित्र मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता वा समायोजन नगरे गठी मुद्दा चलाउने निर्णय भइसकेको जानकारी दिए ।
मन्त्री पोखरेलले शिक्षा मन्त्रालयले त्रिभुवन विश्व विद्यालयक, काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग मन्त्रीस्तरीय बैठक गरेर १५ दिनसम्म शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्दा चलाउने निर्णय भएको बताए ।
मन्त्री पोखरेलले विद्यार्थी र अभिभावकलाई पनि मेडिकल कलेजको ठगी धन्दामा नफस्न आग्रह गरे । मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विभिन्न मेडिकल कलेजहरुमा लामो समय देखि आन्दोलन समेत गर्दै आएका छन्
तपाइँको प्रतिक्रिया