चितवनका सबै सिसी टिभी पुनः सुचारु
चितवन, कात्तिक २५ – चितवन जिल्ला हुँदै अपराधिक गतिविधि गर्नेहरु भित्रिने र बाहिरीने ,अवैध कारोबार, सवारी दुर्घटना हुने भएकाले चितवन सुरक्षाको दृष्टिकोण महत्वपूर्ण रहेको छ । त्यसैलाई नियन्त्रण र निगरानी गर्न केही वर्षअघि जिल्लाका विभिन्न स्थानहरुमा सिसी टिभी जडान गरिएको थियो । तर त्यो सिसी क्यामेरा पटकपटक बिग्रदै गयो । यसले गर्दा हैरान भएका चितवन प्रहरीलाई अहिले भने सहज भएको छ ।
लामो समयदेखि बिग्रिएको सबै सिसी क्यामेरा मर्मत गरेपछी प्रहरीलाई सुरक्षाका लागि सहज भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने–‘सिसी क्यामेरा बिग्रदा अपराध नियन्त्रण र अनुसन्धानमा धेरै नै समस्या भयो, अब सहज हुनेछ ।’
उनका लागि अनुसार भरतपुर महानगरपालिका भित्र रहेका ४० वटा सिसी टिभी पुनः सुचारु भएको छ । ती सबै सिसी टिभी गत जेठदेखि बिग्रिएको थियो ।
धेरै समय लगाएर प्राविधिक टिमले सिसी टिभीको मर्मत गरेपछी आइतबारदेखी संचालनमा आएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए । भरतपुर महानगरको व्यस्त बजार नारायणगढ, आँपटारीदेखि गोन्द्रासम्म सिसी टिभी जडान गरिएको छ ।
तपाइँको प्रतिक्रिया