कालापानी बारे छफफल गर्न बोलाईएको बैठकमा प्रधानमन्त्री नै अनुपस्थित
काठमाडौं, कार्तिक २५ – भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी क्षेत्र समेटिएकोबारे प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गरेको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली नै अनुपस्थित भएका छन् ।
समितिले उक्त विषयबारे छलफल गर्न सोमबार प्रधानमन्त्री ओलीलाई बोलाएको थियो।प्रधानमन्त्री सहभागी नभएपछि सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धारणा राखेकी छन्।
तपाइँको प्रतिक्रिया