डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

एटुजेड समाचार

डडेलधुरा, कात्तिक २५ – डडेलधुरामा ७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई शुक्रबारदेखि डडेलधुरा अस्पताल भर्ना गरिएको छ । उपचारमा संलग्न मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले दिन प्रतिदिन स्वास्थ्य समस्या बढ्दै गएको बताए ।

‘डडेलधुरामा उपचारको धेरै सुविधा छैन, चाँजोपाँजो मिले धनगढी लैजानुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । कँडेलका अनुसार डा. केसी डडेलधुरा छाडेर अन्यत्र नजाने अड्डी लिएर बसेका छन् ।केसीको समर्थनमा डडेलधुराका दर्जनभन्दा बढी नागरिक संस्थाले आइतबार पनि प्रदर्शन गरेका छन् ।

डडेलधुरा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, पत्रकार महासंघ, महिला उद्यमी संघ, नागरिक समाजलगायत संस्थाको संयुक्त आयोजनामा भएको प्रदर्शनमा सरकारको ध्यानाकर्षण गराउन दिउँसै राँके जुलुस निकालिएको थियो ।‘जनताको अधिकारका लागि डा. केसीले सुरु गरेको सत्याग्रहलाई निर्णायक बनाउन हामीले पनि समर्थनमा प्रदर्शन थालेका हौं,’ उद्योग वाणिज्य संघ जिल्लाका अध्यक्ष लोकराज भट्टले भने ।कान्तिपुर दैनिकमा खबर छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु