दियालीको ‘छाप्रो नं. ५५’ लाई ‘अनेसास’ सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार
अमेरिका,कात्तिक २५ – ‘छाप्रो नं. ५५’ (उपन्यास) लाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी, पुरस्कार समितिले ‘अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार’ प्रदान गरेको छ । अनेसासले हिजो अमेरिकाको वासिङटन डी.सी. मा अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्कीबाट ‘छाप्रो नं. ५५’(उपन्यास) का नेपाली-भाषी साहित्य युवा लेखक रमेश दियालीलाई पुरस्कृत गरिएको हो ।
दियालीलाई सम्मानसहित राशी १ हजार १ सय डलर प्रदान गरिएको थियो । पुरस्कार भानु जयन्तीमा घोषणा गरेर लक्ष्मी जयन्ती दिनमा भव्य समारोहका बीच वितरण गरिएको थियो ।’अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ को पुरस्कार राशी १५०० सय डलरबाट बढाएर २ हजार पारिएको थियो । सन् २०१७ जनवरी १ देखि सन् २०१८ डिसेम्बर ३१ मा प्रकाशित विभिन्न विधाका १ सय ३६ पुस्तक दर्ता भएकोमा १४ मूल्याङ्कनका लागि अयोग्य ठानिएको थियो ।
दियालीको उपन्यास “छाप्रो नं. ५५” भुटानी शरणार्थीहरुले भोकेका कष्टकर जीवनको कथाहरुको साथै नेपालमा भुटानी शरणार्थीको अवस्थाको बारेमा यर्थाथ कुराहरु समावेश गरिएको छ । उपन्यासमा नेपालमा भुटानी शरणार्थीहरुको भाषाशैली, रहनसहन, धर्मसंस्कृृती,जस्ता कुराहरु समेटेको छ । दियालीको यो पहिलो उपन्यास हो । उनले यो उपन्यासबाट धेरै प्रेरित र उत्साहित भएको बताए । उपन्यासमा नेपालीभाषाको शब्दमा स्पष्ट रहेको रुपमा रहेको छ । सामाजिक भाषिक कुराहरुको बारेमा विश्लेषण भएको उपन्यासमा हुनुपर्ने कुराहरु राम्रो संग समेटिएको छ ।
साना झुपडिमा बसेका अधिकांश मान्छेहरु खानाको लागि ज्यादै मेहेनत गरेका, कसैले कपडा सिलाएका, बासका चोयाहरु बनाएका, मजदुर गरेका,डाला डोको नांला बनाएका कुराहरु उपन्यासमा व्याख्या गर्नु साथै हावापानी पर्दा छानो उडाई दिएका, महामारी रोगहरु लाग्दा औषधीमूलक नपाएर कत्तिले ज्यान गुमाउनु परेका, आगोलागी भएर छाप्रोहरु जलेका जस्ता समस्याहरु भुटानी शरणार्थीहरुले झेल्नु परेका कुराहरु उपन्यासमा उल्लेख गरिएको छ ।
यसको प्रकाशन मञ्जरी पब्लिकेशन, काठमाडौंले गरेको हो । आवरण रंगीन छ र टाइम्स क्रियशन, काठमाडौंले सजाएको छ । सोह्र (१६) अध्यायमा बाडिएको उपन्यासको मूल्य नेपाली रूपैयाँ ३१५ छ । पुस्तक छ हजार प्रती छापिएकोमा सबै पुस्तक सकिएको छ । अब दोस्रो संस्करण छिट्टै छापिने दियालीले जानकारी दिए । उनले भने ‘अब आउने दोस्रो उपन्यास’डिभोर्स’ ले पनि राम्रो सफलता हासिल गर्ने आशा छ’ ।
अनेसास बोर्ड अफ ट्रस्टी, पुरस्कार समितिले “छाप्रो नं ५५” लगायत अरु सात पुस्तकहरुलाई पनि पुस्तक पुरस्कार २०१९ प्रदान गरेको थियो । ‘अनेसास सर्वोत्कृष्ट कविता/काव्य पुरस्कार’ कवयित्री कुन्ता शर्मा को ‘मेरो मान्छे’ (कवितासङ्ग्रह) ले, ‘अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार’ कथाकार युवराज मैनालीको ‘पृथक बाटो’ (लघुकथासङ्ग्रह) ले, ‘अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ उपन्यासकार तीर्थ गुरुङको ‘पाठशाला’ (उपन्यास), ‘अनेसास सर्वोत्कृष्ट निबन्ध/ नियात्रा/संस्मरण पुरस्कार’ निबन्धकार घनश्याम राजकर्णिकारको ‘यात्राको छहारीमा हिउँफूलकी रानी’ (संस्मरण निबन्ध), ‘अनेसास सर्वोत्कृष्ट गीत/गजल/हाइकू/मुक्तक पुरस्कार’ गजलकार नमिता बरालको ‘आँगन’ (गजलसङ्ग्रह) ले र ‘अनेसास सर्वोत्कृष्ट संस्कृति/दर्शन/समालोचना पुरस्कार’ लेखक तेजबहादुर कार्कीको ‘मस्टो संस्कृति’ (संस्कृति/अनुसन्धान) ले पाएका हुन । अनेसास सर्वोत्कृष्ट कविता/काव्य पुरस्कार’ को राशी १ हजार पाएको डलर हो भने अरू सबै विधामा ५ सय डलरका दरले पुरस्कार प्रदान गरिएको थियो ।
तपाइँको प्रतिक्रिया