बटुकदल गणद्धारा विपद व्यवस्थापन पूर्व तयारी तालिम शुरु
कात्तिक २४, कसरा । चितवन राष्ट्रिय निकुञ्ज, कसरामा रहेको बटुकदल गणद्धारा ३ दिने विपद व्यवस्थापन पूर्व तयारी तालिम तथा प्रकृति संरक्षण सचेतनामुलक कार्यक्रम आजबाट शुरु भएको छ ।
विपद आउनु भन्दा अगाडि जीउधनको कसरी न्यूनिकरण र क्षति कम गर्ने उद्धेश्यले यस तालिमको आयोजना गरिएको हो
विपद व्यवस्थापन पूर्व तयारीका लागि स्थानीय जनशत्ति तथा साधन श्रोतको परिचालन गर्दै क्षति न्यूनिकरण गर्ने उद्धेश्यले सेनाद्धारा यस कार्यक्रमको आयोजना गरिएको गणका प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समय नेपालमा विपद व्यवस्थापन चुनौति रहेका कारण विपदले निम्त्याउने क्षतिलाई न्यूनिकरण गर्न तालिम फलदायी रहने श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।
यस्तै निकुञ्ज प्रशासन सेना तथा समुदायको त्रिकोणात्मक सम्बन्धमा प्रकृतिको कसरी संरक्षण गर्ने बिषयमा समेत तालिम दिइने उहांँले बताउनु भयो । तालिममा प्रकृतिको महत्व र यसलाई संरक्षित गर्ने भन्ने बिषयमा तालिम केन्द्रीत रहने उहांँको भनाई थियो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश कुमार यादव, केरुंगा मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष् सन बहादुर तामाड. तालिमको बिषयमा प्रकाश पार्नुभएको थियो । तालिमको प्रशिक्षण गणका सहसेनानी प्रदिप थापाले दिनु भएको थियो । तालिममा ७० जनाको सहभागिता रहेको थियो । तालिम मंगलबार सम्म चल्नेछ ।
तपाइँको प्रतिक्रिया