भारतबिरुद्द मुग्लिङमा मोटरसाइकल र्याली, युवाहरुले जलाए मोदीको पुत्ला
चितवन, कार्तिक २४ – भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमी समावेश गरेको बिरोधको चितवनको इच्छाकामना गाँउपालिकाका युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुल्ता जलाएका छन् । भारतले नेपाली भूमीमा हस्तक्षप गरेको भन्दै उनिहरुले मुग्लिङ बजारमा मिदोको पुल्ता जलाएका हुन् ।
आज (आइतबार) साँझ उनिहरुले ‘मोदी मुर्दाबाद’ को नारा लगाएका थिए । उनिहरुले ‘गो ब्याक इण्डिया’ को नारा पनि लगाएका थिए । चरणबद्द रुपमा आन्दोलन गरिरहेका स्थानिय युवाहरुले आज मोटरसाइकल र्याली समेत गरेका थिए । उनिहरुले इच्छाकामना गाउँपालिका ३ फिश्लिङ बाट मुग्लिङ सम्म मोटरसाइकल र्याली गरि मुग्लिङ बजारमा मोदीको पुत्ला जलाएका हुन् ।
तपाइँको प्रतिक्रिया