सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय छलफल गर्न भारत तयार

एटुजेड समाचार

काठमाडौं, कार्तिक २४ – नेपालको कालापानी र लिपुलेकलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेपछी पुन: उत्कर्षमा पुगेको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न भारत तयार भएको छ ।

बैठक बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणलगत्तै बस्ने भनिए पनि मिति भने तोकिएको छैन ।भारतले केही दिन अघी मात्र नेपाली भूमी समावेश गर्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय सार्वपक्षीय बैठकले समेत लिम्पियाधुराको कुटियाङ्दी नदीसम्म नेपालको भूभाग भएको निष्कर्ष निकाल्दै भारतसँग उच्चस्तरमा राजनीतिक तथा कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव दिएको थियो ।परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार नेपालले अनौपचारिक सम्वादहरुमा आफ्नो अडान राखिसकेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु