नारायणगढ– बुटवल सडक ४ लेनको बनाउन ४६ हजार बढी रुख काटिने
बुटवल, कार्तिक २४ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ– बुटवल खण्ड ४ लेनको बनाउन ४६ हजार २ सय ९४ रुख काटिने भएको छ । रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीमा निर्माण हुने सडकमा गरी ४६ हजार २ सय ९४ रुख काटिने भएको जिल्ला वन कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी कृष्ण देवकोटाले बताए ।
यस अघी सडक निर्माणको जिम्मेवारी पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिंङ कर्पोरेसनले (सीएससीईसी) ले ६ महिनाअघि वन मन्त्रालयमा पठाएको प्रतिवेदनमा जम्मा ५४ सय रुख काटिने जनाएको थियो । तर अहिले गरिएको रुख गणना र वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदनमा ४६ हजार २ सय ९४ रुख काटिने उल्लेख गरिएको छ ।
कम्पनीले हचुवाको भरमा संख्या तोकिएको भन्दै वन मन्त्रालयले आपत्ति जनाए पछी कम्पनीले दोस्रो रुख गणना र वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन तयार पारेको हो । कम्पनीले रुख काटेर चाँडो सहयोग गर्न वन मन्त्रालयमा फाइल पठाएको छ।
तपाइँको प्रतिक्रिया