भारतीय नक्साको विरोधमा प्रदर्शन गर्ने दर्जनभन्दा बढी पक्राउ

एटुजेड समाचार

काठमाडौँ, कात्तिक २४ – भारतीय नक्सामा नेपालको भूमी समावेश गरेको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा राष्ट्रवादी केन्द्रनेपालले विरोध कार्यक्रम आयोजना गरेको हो । विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले एक दर्जनभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु