‘अर्चना’ शोक काव्यको विमोचन
गुञ्जनगर,कात्तिक २४ – साहित्यकार भगवती अर्याल पाण्डेको शोक काव्य ‘अर्चना’ को शनिबार विमोजन गरिएको छ । साहित्यकार पाण्डेले स्वर्गिय आमा कृष्णमाँया अर्यालको शोकमा लेखिएको उक्त काव्यलाइ स्वर्गिय आमा स्व.कृष्णमाँया अर्यालको प्रथम र्वािर्षकोत्सवको अवसर पारेर विमोचन गरिएको हो ।
अर्याल निवास गुजनगरमा भएको सो विमोचन कार्यक्रमका प्रमुख अतिथि चितवनका अग्रज साहित्यकार केदारनाथ खनाल रहेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि खनालले आमा नहुदाँको पिडा असहनिय हुने बताउदै आमाको शोकमा लेखिएको उक्त काव्यलाइ शुभकामना दिएका थिए । त्यसैगरि कवि इश्वरीराज निर्दोषी, तुल्सिराम पाण्डे, सिता पौडेल तथा अलका पाण्डेले आमाको मर्म स्पर्सि कविता वाचन गरेका थिय । भजन गायकका परसुराम पाण्डे सहित सङ्गितकारहरु हरि कंडेल,विनोद थापाले आमाको सम्झनामा केन्द्रित मर्म स्पर्सि संगित प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साहित्यकार रमेश शुभेच्छुकले आमा बुवाको माया अमर हुने भएकोले सहित्यकार भगवती अर्याल पाण्डेले आमा प्रति देखाएको मातृभावनाको कदर गर्दै शोक काब्यमा भएका केहि कमि कमजोरीलाइ उठान गरे ।
कार्यक्रमका विशिष्ट अतिथी कवि गोर्खेसाइलोले नारी स्रष्टाको हातबाट काव्य निस्केकोमा खुशि व्यक्त गर्दै मातृ भावनाबाट ओतप्रोत उक्त काव्यको शब्द शब्दले आफुलाइ छोएको कुरा व्यक्त गरे । कार्यक्रममा बेदनिधि अर्याल, भानुभक्त अर्याल लगायतले शुभकामना मन्तव्यका साथै चित्रवन साहित्य संगमका अध्यक्ष विष्णु ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।
तनहुको भिमाद नगरपालिका वडा नं. ६ राङरूङ्ग चारघरेमा आमा स्व.कृष्णमाँया अर्याल र पिता बोधराज अर्यालको कोखबाट जन्मेका पाण्डे हाल भरतपुर १८ का वासिन्दा हुन । साहित्यकार पाण्डेले आमाको मृत्यु पश्चात शोक काव्य लेखेका हुन । उक्त शोक काव्यको प्रकाशन शब्दार्थ प्रकाशनले गरेको छ । आमा नहुदाँको पिडा असहनिय हुने बताउदै आमाको शोकमा लेखिएको उक्त काव्यलाइ शुभकामना दिएका थिए ।
त्यसैगरि कवि इश्वरीराज निर्दोषी, तुल्सिराम पाण्डे, सिता पौडेल तथा अलका पाण्डेले आमाको मर्म स्पर्सि कविता वाचन गरेका थिय । भजन गायकका परसुराम पाण्डे सहित सङ्गितकारहरु हरि कंडेल,विनोद थापाले आमाको सम्झनामा केन्द्रित मर्म स्पर्सि संगित प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साहित्यकार रमेश शुभेच्छुकले आमा बुवाको माया अमर हुने भएकोले सहित्यकार भगवती अर्याल पाण्डेले आमा प्रति देखाएको मातृभावनाको कदर गर्दै शोक काब्यमा भएका केहि कमि कमजोरीलाइ उठान गरे । कार्यक्रम चित्रवन सहित्य संगम र नारी सहित्य समाज चितवनको संयुक्त आयोजनामा नारी साहित्य समाज नवलपरासीकी अध्यक्ष कृष्णा देवी शर्माको अध्यक्षाता सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया