चितवनमा ‘प्रथम जगदिश स्‍मृति महिला खुल्ला नकआउट’ फुटबल प्रतियोगिता हुने

एटुजेड समाचार

मनिका विश्वकर्मा, चितवन,कात्तिक २४ – चितवनको रत्ननगर नगरपालिकामा ‘प्रथम जगदिश स्‍मृति महिला खुल्ला नकआउट’ फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघ र पञ्चकन्या महिला फुटबल समितिको संयुक्त आयोजनामा यही मङ्गसिर १ गतेबाट पञ्चकन्या माध्यामिक विद्यालयमा उक्त प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा धनुषा, मकवानपुर, नवलपरासी, नवलपुर,हानामी एभरेस्ट क्लव,सारदानगर,भेडाबारी गैंडाकोट,पञ्चकन्या A\B (आयोजक) फुटबल क्लवको सहभागी हुने आयोजक पञ्चकन्या महिला फुटबल समितिको संयोजक रोश्नी लिम्बुले बताईन । प्रतियोगिता महिलाहरुको लागि आयोजना गरिएको उनले भनिन,’राष्ट्रिय स्तरमा फुटबल खेल्ने महिलाको संख्या धेरै भए पनि अन्तराष्ट्रिय स्तरमा कम नै छन’ ।

महिलाहरुको आत्मबल बढाउनको लागि प्रतियोगिता आयोजना गरिएको लिम्बुले बताईन । ‘हाम्रो गोल महिला हिंसा विरुद्धको बोल’भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिने लिम्बुले बताईन । चितवन जिल्ला फुटबल संघको पुर्व सदस्य तथा चितवन जिल्ला महिला फुटबल प्रशिक्षक जगदिश खड्काको स्‍मृतिमा उक्त प्रतियोगिता गरिएको लिम्बुले बताईन ।

प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार नगदसहित मेडल,सिल्ड,प्रमाणपत्र दिईन्छ भने द्धितिय हुनेलाई २० हजार नगदसहित मेडल,सिल्ड,प्रमाणपत्र खेलाडिहरुलाई प्रदान गरिने लिम्बुले जानकारी दिईन । प्रतियोगिताको प्रत्येक दिन उत्कृष्ट खेलाडीलाई ट्रफी र फाईनलको उत्कृष्ट बिधाहरुमा किपर, डिभेन्स, मिडफिल्डर, फर्ल्ड, हाईस्किर खेलाडिहरुलाई प्रदान गरिनेछ । प्रतियोगिता मङ्गसिर १ गतेबाट ७ गतेसम्म हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु