‘साथ हुँदैमा’ को साथ आईन् बुनु (भिडियो सहित)

एटुजेड समाचार

चितवन, कार्तिक २४ – गायिका बुनु श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । बुनुको आवाजमा ‘साथ हुँदैन’ बोलेको मार्मिक गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा नरेश कुमार प्रधानको शब्द रहेको छ भने सजल न्यौपानेको संगीत रहेको छ । गीतमा संगीत संयोजन भने बि एन निराकारले गरेका छन् । युट्युबमा सार्वजनिक भएको गीतले ‘पैसा नै सबै थोक होइन भन्ने भाव बोकेको छ ।

पैसा नै सबथोक होइन र पैसाले सबथोक किन्न सकिदैन भन्ने कथा गीतले बोकेको छ । पैसाले खुशी र सुख किन्न सकिदैन भन्ने बिषयमा गीतमा देखाईएको छ । यही शब्दको कारण गीतले फरक स्वाद पस्केको छ ।

गीतको भिडियोमा बर्षा राउत, गजित बिष्ट लगायत फिचर्ड रहेका छन् । गम्भिर बिष्टले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । सुबोल थापा सह-निर्देशक रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु