रियलको फराकिलो जित

एटुजेड समाचार

कार्तिक २४ – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हात पारेको छ । ला लिगा अन्तर्गत गए राती सम्पन्न खेलमा रियलले एईबरलाई ४-० ले पराजित गर्‍यो ।

घरेलु टोली एईबरबिरुद्द जित निकाल्न रियल मड्रिडका करिम बेन्जिमाले दुई गोल गरे भने सर्जियो रामोस र फेडेरिको भ्यालभर्डेले एक गोल गरे । खेलको १७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । लगत्तै २० औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । खेलको २९ औं मिनेटमा बेन्जिमा ब्यक्तिगत दोस्रो गरेपछी रियलले ३–० को अग्रता लियो ।

पहिलो हाफमा नै ३ गोल गरेको रियलले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ६१औं मिनेटमा फेडेरिकोले गोल गरेपछी रियल मड्रिड ४–० ले विजयी भयो । गए राति नै भएका अन्य खेलमा अलाभेसले रियल भ्यालाडोलिडलाई ३–० र भ्यालेन्सियाले ग्रानाडालाई २–० गोलअन्तरले पाखा लगायो । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु