मेस्सीको ह्याट्रिक मद्दतमा बार्सिलोनाको सानदार जित
कार्तिक २४ – कप्तान लियोनल मेस्सीको उत्कृष्ट ह्याट्रिक मद्घतमा बार्सिलोना स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । ला लिगा अन्तर्गत गए राती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-१ ले स्तब्ध बनायो ।
बार्सिलोनाको जितमा मेस्सीले उत्कृष्ट ह्याट्रिक गरे । यस्तै सर्जियो बुस्केटले एक गोल थपे । उता सेल्टाको लागि लुकास ओलजाले गोल गरे । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो।
खेलको २३ औं मिनेटमा सेल्टाका डिफेन्डरले ह्याण्ड गरेपछी रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । प्राप्त अवसरलाई गोलमा परिणत गराउदै मेस्सीले घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा नै सेल्टाले बराबरी गर्यो । मेस्सीले सेल्टाका खेलाडीलाई डि बक्स नजिकै फउल गरेपछी प्राप्त फ्री किकमा ओलजाले उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए ।
तर लगत्तै मेस्सीले फेरी बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा अर्थर मेलोलाई सेल्टाका डिफेन्डरले फउल गरेपछी बार्सिलोनाले फ्री किकको अवसर प्राप्त गरेको थियो । उक्त फ्री किक मार्फत उत्कृष्ट गोल गर्दै मेस्सीले फेरी बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
पहिलो हाफमा २ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप २ गोल गर्यो । दोस्रो हाफ शुरु भएको तेस्रो मिनेटमा बार्सिलोनाले फेरी फ्री किक पायो । उक्त अवसरमा मेस्सीले फेरी उत्कृष्ट गोल गर्दै ह्याट्रिक पुरा गरे । मेस्सीको ह्याट्रिक सँगै बार्सिलोनाले अग्रता ३-१ मा पुर्यायो । खेलको ८५ औं मिनेटमा बुस्केटले गोल गरेपछी बार्सिलोना ४-१ ले बिजयी भयो ।
योजित सँगै बार्सिलोना तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । उसले १२ खेलमा ८ जित १ बराबरी र ३ हार सहित २५ अंक बनाएको छ । समान अंक रहेको रियल मड्रिड गोल आधारमा दोस्रो स्थानमा रहेको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया