‘मोदी मुर्दावाद’ भन्दै जनकपुरमा भारतिय नक्साको बिरोध
जनकपुर, कार्तिक २३ – भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेपछी त्यसको बिरोध भईरहेको छ । यसै क्रममा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पनि उक्त नक्साको बिरोधमा प्रदर्शन भएको छ ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुर्दावाद’ नारा लगाउदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले शनिबार प्रदर्शन गरेको हो ।नेपाली भू-भागलाई भारतले आफ्नो नक्सामा समावेश गरेको बिरोधमा सहभागीहरुले ‘गोे ब्याक इण्डिया, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको ब्यानर बोकेका थिए । प्रदर्शन नगरको बिभिन्न भाग परिक्रमा गर्दै स्थानीय जनक चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बक्ताहरुले भारतले नक्सामा नसच्याए आन्दोलन चर्काउने बताएका छन् ।
लिम्पियाधुरा, कालीपानी, लिपुलेकलाई भारतले आफ्नो नक्सामा पारेपछि विभिन्न दलका विद्यार्थी संगठनले आन्दोल गरिहेका छन् । केही दिन अघी भारतले नेपाली भूमी समेत राखेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।
तपाइँको प्रतिक्रिया