एमसीसीसँग नेपालको फराकिलो हार
काठमाडौं, कार्तिक २३ – नेपाल भ्रमणमा रहेको टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको टी-२० क्रिकेटमा नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ११३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
एमसीसीले दिएको १९० रनको चुनौती पछ्याएको नेपालले १३.१ ओभरमा ७६ रन अल आउट भयो । नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए । त्यस्तै सन्दीप जोराले १६ रन बनाउँदा भीम शार्कीले १३ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनाएको थियो । उसका लागि विल्ली गोड्लम्यानले सर्वाधिक ५४ रन बनाउँदा एबडी योङले ४२ रन बनाए । बलिङतर्फ नेपालका राशिद खानले तीन विकेट लिए । यो जितसँगै एमसीसीले नेपाल भ्रमणको सुखद अन्त्य गरेको छ ।
तपाइँको प्रतिक्रिया