चाडपर्वमा चितवन प्रहरीले ल्याएको बिशेष सुरक्षा योजना प्रभावकारी भएको ठहर
चितवन, कार्तिक २२ – चाड पर्वलाई लक्षित गर्दै ल्याएको बिशेष सुरक्षा योजना सफल भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । नेपालीहरुको महान पर्व दशै तिहार र छठमा शान्ति सुरक्षा कायम गर्न चितवन प्रहरीले बिशेष सुरक्षा योजना ल्याएको थियो । जुन योजना सफल भएको प्रहरीले जनाएको छ ।
प्रहरीको बिशेष सुरक्षा योजनाको कारण नै ठुला चाडपर्वहरु भए रहित बातावरणमा सम्पन्न भएको बताएको छ । सुरक्षा व्यवस्था चुस्त बनाएकै कारण कुनी पनि किसिमको अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।
बिगतको बर्षहरुको तुलनामा यस पटक चाडपर्वको समयमा चितवनमा बिशेष सुरक्षा योजना प्रभावकारी भएको प्रहरीको भनाई छ । दशै तिहार र छठको समयमा मात्र चितवन प्रहरीलेल विभिन्न कारण ४ सय ७१ जनालाई पक्राउ गरिएकोमा १ सय ९९ जनालाई मुद्दा चलाईएको थियो । जसमध्य २ सय ७२ जनालई सोधपुछ पश्चात छाडिएको प्रहरीले जानकारी दिएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ८ सय ५० वटा सवारीलाई कार्वाही गरि २२ लाख राजश्व समेत संकलन चितवन प्रहरीले गरेको छ ।यस्तै चितवन प्रहरीले ३५ वटा सवारीबाट २ सय १६ जना यात्रुको बढी भाडा फिर्ता समेत गराएको छ ।चाडपर्वको सुरक्षा व्यवस्थालाई मध्यानजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले ७ सय १५ जना प्रहरी परिचालन गरेको थियो ।
तपाइँको प्रतिक्रिया