फोक्सो रोगकी पीडितलाई अस्ट्रेलियाबाट सहयोग

चितवन,कात्तिक २० – गुल्मी समाज भिक्टोरीया अस्ट्रेलियाले फोक्सो रोगकी पीडितलाई आर्थिक सहयोग गरेको छ । गुल्मी समाजले गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ९ स्थायी घर भई हाल शिलन्यास चोक गैडाकोटमा बस्दै आएकी वर्षा गौतमलाई चौहत्तर हजार चार सय पच्चिस नगद सहयोग गरेको हो ।
गौतमलाई विगत ३ महिनादेखी सुत्केरी अवस्थामा फोक्सोमा समस्या आएको थियो । कमजोर आर्थिक स्थितिका कारण उपचारमा समस्या भएपछी घरमै आराम गरिरहेकी गौतमलाई गुल्मी समाज भिक्टोरीयाले मणीरत्न सापकोटाको पहलमा उपचारका लागी विभिन्न भिक्टोरीया बासी नेपालिहरुको सहयोगमा उनकै निवासमा गई जम्मा गरिएको उक्त रकम आज अनौपचारिक कार्यक्रम बिच हस्तान्त्रण गरिएको हो ।
देब्रे फोक्सो खराब भई काम नगर्ने अवस्थामा पुगेको र समयमै उपचारको प्रकृया सुरु नभए दाहिने फोक्सोमा पनि संक्रमण हुन सक्ने डाक्टरको भनाई उद्रिद गर्दै पीडितकी श्रीमान अजिप गौतमले बताए ।



गुल्मी समाज भिक्टोरीयाले बिगतका दिनहरुमा पनि सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ ।
तपाइँको प्रतिक्रिया