भरतपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना

चितवन, कार्तिक २० – मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज (बुधबार) विहान ८ बजे चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको नागरिक समाजका अध्यक्ष केदार मल्लले समुद्घाटन गरेका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ललगायतको उपस्थितिमा उक्त कार्यलय स्थापना गरिएको थियो ।
अधिकृत हेमन्त रावलले भने, पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं.४ र ५ मा पनि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पुरानो नगरपालिकाको भवनमा निर्वाचन अधिकृत विद्याराज पौडेलले कार्यालयले समुद्घाटन गरेका हुन ।



चितवनमा भरतपुर महानगरपालिका वडा नं.१६ को अध्यक्ष, खैरहनी नगरपालिकाको वडा नं.४ र ५ को वडा अध्यक्षका लागि उपनिर्वाचन हुन लागेको रावलले बताए । उनले आचारसहिंताका नियमहरु दलका उम्मेद्धारहरुले अनिवार्य पालना गर्नुपर्ने,नगरे कानुनी कारबाही गरिने जानकारी दिए । उम्मेद्धारहरुले रु १००० धरौटी राख्नुपर्ने उनले भने राजनीतिक दलहरुले पनि उपनिर्वाचनका लागि उम्मेद्वार घोषणा गरि सकेका छन् । उपनिर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ ।
तपाइँको प्रतिक्रिया