मोटरसाइकल दुर्घटनामा एकको मृत्यु एक घाइते

कात्तिक १९, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित कृष्णपुर चोकमा मोटरसाइकल दुर्घटना हुंँदा एकजनाको र्मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार आज राती ९ः ३० बजे रामपुर बाट चौबिसकोठी तर्फ आउदै गरेको ना.६२ प. ५९५ नम्बर को मोटरसाइकल . आफै अनियन्त्रित भई सडकमा पल्टिदा सो दुर्घटना भएको हो ।
दुबै जनाको हालसम्म नामथर, वतन खुल्न सकेको छैन ।
गम्भिर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने दुबै पुरुष हुन ।



तपाइँको प्रतिक्रिया