उपनिर्वाचनमा राजपाले समाजवादी पार्टीसँग तालमेल गर्ने
काठमाडौं, कार्तिक १९ – मंसीर १४ गते हुने उपनिर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजापा) नेपालले समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरेको छ ।राजपाको अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकले उपनिर्वाचनमा उम्मेदवार चयन गर्नुपूर्व समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरेको बैठकपछि जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ ।
२०७४ साल मंसीर २१ गते भएको प्रतिनिधी र प्रदेशसभाको निर्वाचनमा पनि यी दुई पार्टीबीच तालमेल भएको थियो ।यस्तै बैठकले तदर्थ समिति गठन निर्देशिकालाई सामान्य संशोधन गर्ने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया