भिटेनले गाए ‘सरौतो’ को गीत

चितवन, कार्तिक १९ – अहिले युवाहरुको रोजाईमा पर्ने चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ ले चलचित्रमा पनि गीत गाएका छन् । ‘सिमसिमे पानी (सही हो), हामी यस्तै त हो नि ब्रो’ लगायतका गीतबाट चर्चा बटुलेका भिटेनले प्रदर्शनको तयारीमा रहेको एक चलचित्रका लागि गीत गाएका छन् ।
युवा पुस्ता माझ निकै लोकप्रिय र्यापर भिटेनले मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरौतो’ को एउटा गीतमा आवाज भरेका छन् । उनले ‘सरौतो’ को प्रमोसनल गीतमा आवाज दिएका हुन् । उक्त गीतमा शब्द संगीत पनि उनकै रहेको छ । ‘सरौतो’ को प्रमोसनल गीतमा उनले आवाज दिएका छन् ।
गीतमा भिटेन स्वयंको स्वर, शब्द तथा संगीत छ । फिल्मको टीजर राम्रो लागेपछि उनले गीत तयार गरेका हुन् । गीतमा उनी स्वयं देखिनेछन् । यस्तै गीतमा फिल्मका प्रमुख कलाकार विजय लामा र अभिनेत्री सुमी पनि देखिँदैछन् ।



केही दिन अघी मात्र ‘हामी यस्तै त होनी ब्रो’ गीतमा अश्लील शब्द प्रयोग गरेको भन्दै पक्राउ समेत परेका भिटेनको चर्चालाई मध्यानजर गर्दै निर्माण युनिटले उनलाई प्रमोसनल गीतको लागि काम दिएका हुन् । उनको कारण युवा पुस्ता चलचित्र हेर्न हल सम्म जाने विश्वास निर्माण युनिटको रहेको छ ।
चलचित्रमा अभिनेत्री सुमी मोक्तान स्टारर एक्सन अवतार देख्न सकिन्छ । चलचित्रको सार्वजनिक ट्रेलर पनि एक्सनले भरीपूर्ण रहेको छ । प्रमोसनल गीत यही शुक्रबार सार्वजनिक गर्ने तरखरमा निर्माण टिम छ ।
चलचित्र ‘सरौतो’ सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ ।
सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको चलचित्रमा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।
चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , कलर प्रविन मानन्धर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा यसको छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।
तपाइँको प्रतिक्रिया