आलमको थुनछेक बयान सुरू

रौतहट, कार्तिक १९ – जिल्ला अदालत रौतहटमा कांग्रेस सासंद महम्मद अफताब आलमको थुनछेक बयान सुरू भएको छ। १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका आलमको केही बेर अघीबाट थुनछेक बयान सुरू भएको हो ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान केहीअघि सुरू भएको जिल्ला अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए।बयान सकिएपछि उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइअघि बढाउने कि थुनामुक्त गर्ने भन्ने विषयमा थुनछेक बहस सुरू हुनेछ।
बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले सोमबार उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो।



तपाइँको प्रतिक्रिया