पर्यटक तान्दै जलदेवीको जीपलाईन

सूर्यप्रसाद अधिकारी, कात्तिक १९, चितवन । गत महिना असोजबाट सञ्चालनमा आएको भरतपुर महानगरपालिका वडा नम्बर २ मा रहेको जलदेवी सामुदायिक वनमा रहेको जीपलाइनले छोटो समयमै पर्यटक तान्न सफल भएको छ । चितवनको केन्द्र भरतपुर र नारायणगढ र मुग्लिन सडकलेनै छोएको यस सामुदायिक वनमा दिनहुंँ सयौ आन्तरिक तथा बाह्य पर्यटक जीपलाइन खेल्न आउने गरेका छन । जुनसुकै उमेर समुहले पनि खेल्न सक्ने र रुचाउने भएकोले पनि यस खेलतर्फ आकर्षण बढेको हो ।
जलदेवी सामुदायिक वन उपभोक्ता समुह र पर्यापर्यटनको क्षेत्रमा काम गर्ने संस्था ‘वाईल्ड वण्डर्स नेपाल को संयुक्त लगानीमा यस खेल सञ्चालनमा आएको हो । हाल चितवन, छिमेकी जिल्ला र काठमाडौ लगायतका ठाउंँबाट पर्यटकहरु आउने गरेको वाइल्ड वण्डर्सका सञ्चालक राजकुमार श्रेष्ठले बताए । ‘अहिले सञ्चालनमा आएको डेढ महिना पनि भएको छैन, मानिसको फ्लो ह्वात्तै बढेको छ उनले भने ।’ उनका अनुसार साहसिक खेल भएकोले, यस खेलबाट आत्मबल बढ्ने, मनोरञ्जनका साथै मानसिक रुपमा स्वस्थ राख्ने भएकोले पनि आर्कषण बढेको छ ।
धुलिखेल , पोखरा र भरतपुर मा मात्र सञ्चालनमा आएको यो खेल विल्कुलै नयांँ भएकोले पनि पर्यटक उत्साहित हुने गरेको उनको भनाई छ । दुरी र पर्यटकको उमेर समुह अनुसार पांँच स्थान र श्रेणी विभाजित गरेर यहांँ जीपलाइनलाई वर्गीकरण गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ का चेतन खत्री घुम्न र मनोरञ्जनका लागि परिवारका साथ जीपलाइन खेल्न आएको बताउंँछन ‘ बच्चाहरुले पनि निकै कर गरे, मलाइपनि कस्तो हुन्छ भन्ने लागिरहेको थियो उनले भने , खेलेपछि आनन्द र रमाइलो लाग्यो ।’ अन्य दिनमा भन्दा विदा र चाडबाडका अबसरमा बढी यहांँ भीड लाग्ने गरेको छ ।
वनका अध्यक्ष केशव बहादुर थापा सञ्चालनमा आएको छोटो समयमै यसले पर्यटकको मन जित्न सफल भएको बताउंँछन । रिक्सपनि नहुने, आनन्द र जति खेल्यो उति खेलुखेलु लाग्ने भएकोले यसखेलतर्फ आकर्षण बढ्दै गएको उनको भनाई छ । हाल यो खेल खेल्न काठमाडौबाटपनि उत्तिकै पर्यटक आउने गरेका छन । काठमाडौंबाट आएका अरुण ठकुरी यो खेलको अनुभवका लागि साथीहरुसंँग चितवन आएको बताउंँछन ।



नखेलीजेन्लसम्म कस्तो होला जस्तो लाग्याथ्यो , खेलेपछि जतिखेलेपनि धीत नमर्दौ रहेछ उनले भने । आफूले खेलेको फोटो भिडीयो कम्पनीले लै खिचेर दिने भएकोले पनि थप उत्साहित भएको उनको भनाई छ । रत्ननगर नगरपालिकाका व्यवसायी कमल नेपाल सबैले जीवलाइन खेलेको फोटो भिडीयो सामाजिक सञ्जालमा राखेको देखिएका कारणपनि खेल खेल्न आएको बताउंँछन । ‘विदाको दिनपनि सदुपयोग गरौं, खेलको आनन्द पनि लिउंँ भनेर आको हुंँ’ उनले भने । शान्त पारिवारिक वातावरण पार्क स्थल, पिकनिक स्पट, लगायतका सुविधाहरु रहेकोले यस वनमा दिनहुंँ भीड लागेको अध्यक्ष थापा बताउंँछन । शुरुका दिनमा त खासै पर्यटक आउथेनन , अहिले चाडबाड र बिदाको दिनमा पर्यटक थेगिनसक्नु छ । दैनिक जीपलाइनको लागि १सय ५० जनासम्म आउने गरेको उनको भनाई छ । युवा, बच्चा सबै यस खेलप्रति आकर्षित भएको सञ्चालकको भनाई छ ।
५१ प्रतिशत र वाइल्ड वण्डर्स को ४९ प्रतिशत लगानीमा जीपलाइन खेल सञ्चालन गर्ने सम्झौता भएको हो । ‘नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी जीपलाइन सञ्चालनमा ल्याईएको अध्यक्ष थापाले बताए । ‘आम्दानीको साथै रोजगारी पनि हुने , भ्रमणबर्षलाई पनि थप टेवा पुग्ने आशा लिएका छौं’ उनले भने ।
वनको १ हजार ५० मीटर वरिपरिका रुखहरुमा डोरी बाधेर , खेलप्रेमीले घिर्नीको सहायताबाट एक रुखबाट अर्को रुखमा सुर्किएर जान सक्ने भएकाले यसलाई तुइनको विकसित रुप पनि मानिन्छ । धुलिखेलमा कृत्रिम जीपलाइन खेल निर्माण गरिएपनि यस प्रकारको खेल नेपालमै पहिलोपटक यहांँ सञ्चालन गर्न लागिएको सञ्चाललको दाबी छ
थाइल्याण्ड, मलेशिया, सिंगापुर, भियतनामा लगायतका देशहरुमा यसखेलप्रति पर्यटकको आर्कषण उत्तिकै रहेकोले नेपालमा पनि यो अभ्यास गरिएको श्रेष्ठले जानकारी दिए । जलदेवी सामुदायिक वन नारायणगढ बजारबाट मुग्लिनतर्फ करीब २ किलोमिटर दुरीमा पर्दछ । यहांँ हाल पिकनिक, वालउद्यान रहनुका साथै पोखरीको निर्माण गरी डुंगा सञ्चालनको तयारी समेत गरिएको छ ।
तपाइँको प्रतिक्रिया