उर्जामन्त्री पुन र जर्मनीका राजदूत बीच भेटवार्ता, वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोग

काठमाडौं,कात्तिक १८ – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागी जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रायमा आईतबार भएको भेटमा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो । मन्त्री पुनले जर्मन सरकारलाई उर्जा,प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिएका थिए ।
त्यसका साथै उनले सोलार र मिनि ग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुंच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए ।



तपाइँको प्रतिक्रिया