पौडी खेल्ने क्रममा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी बेपत्ता

चितवन,कात्तिक १८ – पौडी खेल्ने क्रममा चिकित्सा विषय पढ्दै गरेका एक बिद्यार्थी शनिबारबाट बेपत्ता भएका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनले जनाए अनुसार काठमाडौ जिल्ला पुरानो बसपार्क घर भई हाल चितवन मेडिकल कलेज एमबीबीएस चौथो बर्षमा पढ्दै गरेका सुवर्ण केसी नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन ।
प्रहरीले घटनाको बिषयमा जानकारी पाउनसाथ खोजतलास जारी राखेपनि हालसम्म नभेटिएको जनाएको छ । उनी भरतपुर महानगरपालिका वडा नम्बर १० मा डेरागरी बस्दै आएका थिए ।



तपाइँको प्रतिक्रिया