नेकपाले टुंगो लगायो सातै प्रदेशका प्रदेश प्रमुखको नाम

काठमाडौँ, कात्तिक १८ – नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।
जसअनुसार चितवनबाट अमिक शेरचन, कास्कीबाट सोमनाथ अधिकारी, बाँकेबाट तिलक परियार, सिरहाबाट धर्मनाथ यादव, डडेल्धुराबाट गोविन्द कलौनी, काठमाडौँबाट शर्मिला त्रिपाठी र झापाबाट विष्णु प्रसाईँ, रहेका छन् । यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउन बाँकी छ । सरकारले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णयसँगै नेकपाले नयाँ नामको टुंगो लगाएको हो ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेशवर लाल कायस्थ, प्रदेश ३ का अनुराधा कोइराला, गण्डकीका बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णालीका दुर्गा केशर खनाल र सुदूरपश्चिमका मोहनराज मल्ललाई प्रदेश प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेकी थिइन् ।
तपाइँको प्रतिक्रिया