मलेसियामा बस दुर्घटना हुँदा नेपालीसहित १४ जना कामदार घाइते

कात्तिक १८ – मलेसियाको तपाह भन्ने ठाउँमा यात्रु बोकेको बस दुर्घटना हुँदा नेपालीसहित १४ जना कामदार घाइते भएका छन् ।
मलेसियाको स्थानीय पत्रिका ‘द स्टार’ले जनाए अनुसार सोमबार बिहान पाँच बजे भएको दुर्घटनामा इण्डोनेसियन र नेपाली गरी १४ जना कामदार घाइते भएका हुन ।
बस नर्थ–साउथ एक्सप्रेस वे नजिकै तपाह भन्ने ठाउँमा दुर्घटना भएको हो । पेनाङबाट आएको बस गेन्टिङ हाइल्याण्डतर्फ जाने क्रममा डिभाइडरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । १९ देखि ४२ वर्ष उमेर समूहका कामदारहरु बसमा सवार थिए । उनीहरुले हिल रिसोर्टमा छुट्टि मनाउन भनेर बस बुक गरेका थिए ।



तपाइँको प्रतिक्रिया