सातवटै प्रदेश प्रमुखको नाम टुङ्ग्याउन नेकपाको सचिवालयमा बैठक शुरु
काठमाडौं, कात्तिक १८ – सातैवटा प्रदेश प्रमुखको नाम टुङ्ग्याउन नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा स्रोतका अनुसार सोमबारको सचिवालय बैठक बस्ने र ७ वटै प्रदेश प्रमुख टुड्ग्याउने छ ।
त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले प्रमुख नियुक्तिको निर्णय गर्नेछ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।
तपाइँको प्रतिक्रिया