सवारी दुर्घटना हुँदा डाक्टर बाबु र नर्स छोरीको ज्यान गयो

विराटनगर,कात्तिक १८ – मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा चिकित्सक बाबु र नर्स रहेकी उनकी छोरीको ज्यान गएको छ ।
कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छाेरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो । बावु शुभलाल पेसाले चिकित्सक र छोरी नर्स हुन् । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा काम गर्थिन ।
घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु–छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी राजकुमार खिइजूले जनाए ।



विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताए ।
तपाइँको प्रतिक्रिया