प्रधानमन्त्रीको उपचार : डायलासिस कि प्रत्यारोपण ?

काठमाडौं, कात्तिक १८ – मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमनत्री केपी शर्मा ओलीको अब कसरी उपचार गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलासिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरुको परामर्श जारी राखेका छन् ।
सत्तारुढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट वृत्तमा डायलासिसभन्दा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएका छन् ।यद्यपि वृद्ध उमेरमा मिर्गौला प्रत्यारोपण गर्नु चुनौतिपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलासिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ।
तपाइँको प्रतिक्रिया