शान्ति, एकता र मेलमिलापको बाटोमा हिड्न आग्रह

कात्तिक १७, चितवन । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांँग्रेसकी नेतृ सुजाता कोइरालाले शान्ति , एकता र मेलमिलापको बाटोमा हिड्न आग्रह गरेकी छिन । आज भरतपुरमा जिपी फाउण्डेसनको जिल्ला कार्यालयको उद्धघाटन एवं अन्तक्रिया कार्यक्रममा बोल्दैे गिरीजा प्रसाद कोईराला फाउण्डेसनलाई राजनीतिकरण नगर्न आग्रह समेत गरिन । उनले गीरीजा प्रसाद कोइराला कांँग्रेसको मात्र नभई राष्ट्रकै अभिभावक भएको जिकीर गरिन । जोखिम मोलेरनै देशलाई शान्ति प्रक्रियामा ल्याउन गिरीजाले प्रमुख भूमिका खेलेको भन्दै उनले जिपी फाउण्डेशन विशुद्ध सामाजिक संस्था भएको बताइन । ‘जिपी फाउण्डेशनले सबैको प्रतिनिधित्व गर्छ, उनले भनिन यसलाई राजनीतिकरण कदापी नगर्नुस ।’ गिरीजाको नाममा संस्था स्थापना भएपनि यसले समग्र देशको प्रतिनिधित्व गर्ने उनको भनाई थियो । संस्थाकी केन्द्रीय अध्यक्ष समेत रहेकी कोइरालाले गिरीजाको एकता र शान्ति र मेलमिलापको बाटो अगाले मात्र देश समृद्धि तिर अगाडी जाने बताइन । ‘अहिले कांँग्रेस कमजोर जस्तो देखिएको छ उनले भनिन, गिरीजाबाबुले देखाएको बाटोमा हिड्नु कांँग्रेस फेरी बलियो हुन्छ ।’
सो अवसरमा बोल्दै फाउण्डेशनका प्रदेश नम्बर ३ का संयोजक रिता खनालले पछिल्लो समय फाउण्डेशनले केही काम गर्न नसकेको भन्दै ध्यान आकर्षण गराइन । फाउण्डेशनलाई सबैको साझा संस्थाको रुपमा विकसित गर्नुपर्ने भन्दै उनले कठिन, विपत्ती परिस्थितमा फाउण्डेशन क्रियाशील हुनुपर्नेमा जोड दिइन । शान्ति र प्रजातन्त्र एक अर्काका परिपुरक रहेको भन्दै उनले फाउण्डेशनलाई सोही दिशातर्फ अग्रसर हुनुपर्ने बताइन ।
कार्यक्रममा बोल्दै नेपाली कांँग्रेसका चितवन सभापति जीत नारायण श्रेष्ठले गिरीजाबाबु शान्ति र क्रान्ति का नायक रहेको चर्चा गर्दै फाउण्डेशनलाई राजनीीतकरण नगरी कोइरालाको भावना र मर्मलाई बुझेर अघि बढ्नुपर्ने बताए । ‘विभिन्न शिर्षस्थ नेताको नाम भजाएर सामाजिक संस्था नचलाउनुस उनले भने यसलाई मागी खाने भांँडो नबनाउन मेरो आग्रह छ ।’ गीरीजा जस्तो नेता आज नेपालमा नभएको भए धेरैको अस्तित्व सखाप भइसकेको हुने भन्दै उनले कत्तिपनि विचलित नभई उहांँको बाटोमा हिड्नुपर्नेमा जोड दिए ।



नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष एवं सांसद उमा रेग्मीले गिरीजा नेपाली जनताको सधै सम्झनलायक राष्ट्रकै नेता भएको भन्दै कांँग्रेसमा भएका कमी कमजोरीलाई सुधारेर अघि बढ्नुपर्ने बताइन । नेपाली कांँग्रेस चितवनका पूर्व सभापति टेक प्रसाद गुरुङ्गले गिरीजाले दुईवटा बन्दुकको नालको बीचबाट देशलाई बचाएको भन्दै उनको योगदानबाट कांँग्रेसले पाठ सिक्नु पर्ने बताए ।
सो अवसरमा संस्थाका जिल्ला प्रवत्ता गोपाल दराइले जिल्लामा संस्थाले गरेका गतिविधि , उपलब्धी एवं भावी कार्ययोजना बारे प्रकाश पारेका थिए । फाउण्डेशनका जिल्ला संयोजक कमल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद, दलका नेता तथा कार्यकर्ता एवं सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया