चितुवाद्वारा गोठमा बाँधिरहेको गाईको बाच्छीमाथि आक्रमण

दमौली, कात्तिक १६ – तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान चितुवाले गाईको बाच्छीलाई आक्रमण गरेको छ । सोही ठाउँका मुक्तिनाथ खनालको गोठमा बाँधिरहेको गाईको बाच्छीलाई चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणबाट बाच्छीको मृत्यु भएको छ ।
चितुवाको आक्रमणबाट बाच्छीको शरीरको विभिन्न भागमा चोट लागेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमण बढिरहेको समयमा म्याग्देमा पनि चितुवाले गाईको बाच्छीलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित बनेको स्थानीयवासी विजयराज खनालले बताए ।
तपाइँको प्रतिक्रिया