कपिलवस्तुले लगाएको कर्फ्यु आज बिहानदेखि हट्यो

कपिलवस्तु,कात्तिक १६ – बिहीबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगाएको कर्फ्यु आज बिहान ६ बजेदेखि हटाएको छ ।
मूर्ति विर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यु प्रशासनले अवस्था सामान्य बनेपछि हटाएको हो ।
बुधबार साँझ मूर्ति विसर्जन गर्ने विषयमा कृष्णनगरका दुई समुदायबीच झडप भएको थियो । झडप बढ्ने अवस्थालाई मध्यनगर राखेर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार बिहान ११ बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।



कर्फ्यू लागेको बेला गोली लागेर भारत घर भएका सुरज कुमार पाण्डेको मृत्यु भएको थियो । उनी कृष्णनगर मै चिया पसल गर्ने युवा हुन् । शुक्रबार दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीका मूर्ति बिर्सजन गरिएको थियो भने मृतकको दाहसंस्कार पनि गरिएको छ ।
तपाइँको प्रतिक्रिया