कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू,प्रहरीको गोलीबाट एक जनाको मृत्यु

कपिलवस्तु,कात्तिक १४ – कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । मूर्ति विसर्जनका क्रममा सुरु भएको दुईपक्षीय विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यूू लगाएको जनाएको छ ।
लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच तनावको स्थिति सिर्जना भएको हो । कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा आज बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको हो । कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका-२ का सुरजकुमार पाण्डेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले भने पाण्डेको मृत्युबारे कुनै प्रतिक्रिया दिएको छैन।
तपाइँको प्रतिक्रिया